काठमाडौं । आज शनिवार थपिएका ३३१ जना संक्रमित मध्ये ८ जना उपत्यका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थपिएका ८ जनामा भक्तपुरका ७ जना महिला र काठमाडौंमा एक जना महिला रहेका छन् ।भक्तपुरका ७ जना महिलाहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।
आज डिस्चार्ज हुने १७६ जना सहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १५७८ पुगेकोछ ।