Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको टेण्डर नखोल्दै सेटिङ, एसपी बस्नेतमार्फत् ठूलो चलखेल 


    शुक्रबार, पुष ९ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको सामान खरिदको लागि फेरि ठूलो चलखेल शुरू भएको छ । केही महिनाअघि टेण्डर भएर पनि डीएमएस बुट र चुस्ताको टेण्डर रद्द भएको थियो । यसबाहेक अण्डरभेष्ट ट्राउजर र ब्ल्याङ्केटको टेण्डर खोल्ने तयारी भैरहँदा यस्तो ठूलो चलखेल भएको हो ।

    एकातर्फ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशको दिन नजिकिँदै गरेको र अर्कोतिर प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयमा नयाँ डिआइजी बसन्त लामा आएसँगै एसपी प्रेम बस्नेतले यस्तो चलखेल गरेको उजागर भएको छ । आफूनजिकका ठेकेदारलाई व्ल्याङ्केट र अण्डरभेष्ट ट्राउजरको ठेक्का दिन एसपी बस्नेत सक्रिय रहेका छन् । झन्डै दुई बर्षदेखि प्रवन्धमा बसिरहन सफल एसपी बस्नेतको केही ठेकेदारसँग अति नजिकको सम्बन्ध रहेको कुरा बारम्बार सार्वजनिक भैरहेको छ ।

    ब्ल्याङ्केटको बजेट झण्डै सात करोड माथि रहेको छ भने अण्डरभेष्ट ट्राउजरको बजेट पनि चार करोड माथि राखिएको छ । यही एघार करोडमाथिको टेण्डर हात पार्न अहिले प्रवन्धका एसपी बस्नेत र केही ठेकेदारको चलखेल चलेको छ भने यसमा डिआइजी र आइजीपीको नाम समेत मुछिएको छ । यसअघि पनि बस्नेतले ठेक्काको म्याद थप गर्ने क्रममा पनि प्रतिशत नै तोकेर रकम लिएको आरोप लागेको थियो । यसबाहेक ठेकेदारले सामान बुझाइसकेपछि टेष्टका क्रममा फेल भए पछि म्याद थपिदिने भन्दै रकम लिएको आरोप पनि उनीमाथि लागेको थियो । अहिले फेरि नयाँ टेण्डरमा पनि उनको चलखेल भएको छ ।

    ठाकुरप्रसाद ज्ञवाली आइजीपी हुँदा बस्नेतलाई प्रबन्धमा ल्याइएको थियो । ज्ञवालीपछि आएका आइजीपी क्षेत्रीसँग पनि हिमचिम बढाएर उनी पदमा टिकिरहेका छन् । प्रहरीका लागि आवश्यक लत्ताकपडादेखि विभिन्न सामान प्रबन्ध निर्देशनालयले खरिदका कार्य गर्दछ । आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरीमा सून्य सहनशीलताको कुरा गरे पनि उनको सोझोपनको फाइदा प्रबन्धका एसपी बस्नेतले उठाउँदै ठेकेदारहरुसँग लाभ लिने गरेका छन् । प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरुसँग सेटिङ गरी उनले सामान खरिद गर्दैआएका छन् । टेण्डर नै उनीहरुको सेटिङमा गर्ने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार