Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसपी यादवः माघ १५ मा अवकाश पाउँदै थिए, १ महिनाअघि नै मृत फेलापरे


    शुक्रबार, पुष ९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार आफ्नै क्वाटरमा दिउँसो झुण्डिएको अवस्थामा मृत फेलापरेका छन् । एसएसपी तहकै प्रहरी अधिकृतले किन आत्महत्या गरे ? उनी एक महिनापछि २०७८ माघ १५ मा ५५ बर्ष उमेर हदका कारण अवकाश पाउँदै थिए ।

    एसएसपीको उमेर हद ५५ बर्षसम्म बढुवा नभएमा अवकाश हुने प्रावधान छ । उनी ५५ बर्ष नाघेकै कारण एसएसपीबाटै अवकाश हुँदैथिए । नेपाल प्रहरीमा इमान्दार छविका उनी डीआइजी बढुवाका दाबेदार थिए । एआइजी विश्वराज पोखरेलहरुका ब्याची उनी एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ ।

    पूर्वप्रहरी महानिरीक्षक तथा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानकी भान्जी विवाह गरेका एसएसपी यादवको अन्तराजातीय विवाह हो । एसएसपी यादव संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत रहेको र उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार