Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला


    शुक्रबार, पुष ९ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

    नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार