Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु-१९ एसिया कप: नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै


    शुक्रबार, पुष ९ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । 

     नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

    नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । 

    नेपाली टिम : 

    देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी

    मुख्य प्रशिक्षक – वसन्त शाही

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार