काठमाडौं । खोटाङ सेवा समाज कतारले अग्नी पीडितलाई आर्थिक सहयोग गरेको छ । खोटाङ जिल्ला रावाबेशी गाउँपालिका -६ हौचुरका ज्ञानेन्द्र खड्काको घर २७ मंसिर २०७८ को दिन बिधुत सर्ट भइ पुर्णरूपमा क्षेती भएकोले खोटाङ सेवा समाज कतारले रू. २० हजार सहयोग गरेको छ। उक्त रकम सस्थाले अग्नि पीडित ज्ञानेन्द्र खड्का नाममा पठाएको खोटाङ सेवा समाजका सदस्य गजेन्द्र राईले जानकारी दिएका छन्।
विधुत सर्ट भई आगलागी हुदा ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छानो भएको तीन तले घर जल्दा नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन, मोबाइल, ल्यापटप लगायत अन्दाजी २३ लाख बराबरको क्षति भएको थियो।