Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्


    शुक्रबार, पुष ९ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । बिहीवार एभरेष्ट बोर्डिङ्ग विध्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र  निसान ठाकुर निक्कै उत्साहित भए ।

    कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् । 

    देउराली माध्यामिक विध्यालयकी छात्रा नविना चौधरीले पनि मोडर्ना खोप लगाइसकेपछि कोरोनाको त्रासबाट निकै राहत मिलेको महसुस गरिन् ।

    जोर, बिजोर कक्षा लिनुपर्ने, लकडाउनले पठनपाठन लिन नपाउनेजस्ता समस्याबाट गुज्रिसकेकी चौधरीलाई नयाँ भेरियन्ट ओमिक्रोनले फेरि पुरानो नै समस्या पो झेल्नुपर्ने हो कि भन्नेमा ठूलो चिन्ता थियो । तर, खोप लगाइसकेपछि चौधरीमा आत्मबल बढेको छ । 

    ओमिक्रोन भाइरसले  फेरि एकपल्ट विद्यार्थीहरूमा त्रास पैदा गरिरहेको बेला बिध्यार्थीहरूलाइ लक्षित खोप अभियानले ठाकुर र चौधरीजस्तै महोत्तरीमा धेरैलाइ निकै राहत प्रदान गरेको छ ।

    हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा विभिन्न सामुदायिक तथा निजी विध्यालयमा खोप अभियान चलिरहेको छ । 

    ११ पुससम्म यी पालिकामा खोप अभियान चल्ने र १४ पुसदेखि जिल्लाका अन्य पालिका जलेश्वर, लोहारपट्टी, मनराशिसवा, मटिहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ पुससम्म खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    १२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई अहिले कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । 
     

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार