काठमाडौं । शनिवार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज हुने १७६ जनासहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ ।