Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, पुष ९ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८ पैसा र बिक्री दर १२० रुपैयाँ ६८ पैसा कायम गरेको छ । 

    युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ९४ पैसा र बिक्री दर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९४ पैसा र बिक्री दर १६१ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा रहेको छ । 

    जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १७ पैसा कायम  छ । 

    d.jpg-18.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार