Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडककाे ट्रयाक खाेल्न हेलिकप्टरमार्फत् डोजर ढुवानी


    शुक्रबार, पुष ९ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक  खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए ।

    आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे । श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

    आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ ।

    वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।

    ddr.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार