Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिग: एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै


    शुक्रबार, पुष ९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। विभागीय टाेली एपीएफ फुटबल क्लब र  न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा  सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा  छैटौँ चरणको खेल  आज शुक्रबारबाट सुरु हुँदैछ  । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । 

    पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

    एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ  । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा  छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

    दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । 

    फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा  छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

    लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार