Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी राष्ट्रिय सम्मेलन: प्रचण्डको विकल्प को ?


    शुक्रबार, पुष ९ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

    माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने’bout छलफल गरिरहेका छन् ।

    माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

    विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यवस्थाअनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने’bout छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

    अध्यक्षमा दाहाल
    माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल नै आउने भएका छन् । दाहालको विकल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा अर्को नेता आउने सम्भावना नभएको बताए ।

    ‘उहाँ (दाहाल) नै फेरि अध्यक्ष बन्नुहुन्छ । विगत तीन दशक बढी समयदेखि उहाँले पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ हुँदाहुँदै अर्कोले दाबी गर्ने सम्भावना छैन्,’ गुरुङले भने ।

    माओवादी केन्द्रका अर्का नेता राम कार्कीले तीन दशकदेखि पार्टी अध्यक्ष रहेका दाहालको विकल्प आगामी सम्मेलनमा पनि नदेखिएको बताउँछन् । माओवादीमा दाहालको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेतासमेत नदेखिएको कार्कीको दाबी छ ।

    ‘पार्टी अध्यक्ष फेरिने स्थिति देख्दिनँ । त्यो हुनुपथ्र्यो, भएन । कांग्रेसमा पनि त्यो देखिएन, एमालेमा पनि देखिएन’ नेतृत्व परिवर्तको सम्भावना’boutमा कार्कीले भने ।

    विगत १५÷२० वर्षदेखि नेपालको राजनीति विचारबाट निर्देशित भएर अघि नबढेको बताउँदै उनले प्रमुख पार्टीहरूमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता नजन्मिएको बताए ।

    ‘नेता भनेको कहिले पनि अंश दिएर हुने होइन । त्यसरी त शिष्य मात्रै हुन्छन् । नेता हुनलाई त वैचारिक बहससहित आउनुपर्छ । विचारधारात्मक छलफल जहाँ हुन्छ, त्यहाँ नेता आउँछन्,’ उनले भने ।

    माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य गणेश साहले सम्मेलनबाट नेतृत्व परिवर्तन हुने सम्भावना नभएको बताए । सम्मेलनबाट अध्यक्षमा पुनः दाहाल नै आउने उनले बताए ।

    ‘पार्टी र देशमा दाहालको विकल्पमा कोही नेता म देख्दिनँ । पार्टीको नेतृत्व लिएर देशको समेत नेतृत्व गर्दै उहाँ अगाडि बढनुहुन्छ । अहिलेको आवश्यकता पनि यहीँ नै हो’ साहले भने ।

    पार्टीको रणनीति र नेतृत्व’bout निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादीमा पनि पुरानै पार्टी प्रमुख दोहोरिने निश्चितजस्तै रहेको विश्लेषण भइरहेको छ ।

    अध्यक्षका दाबेदारका रूपमा देखिएका शीर्ष नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । अध्यक्ष दाहालसँग वैचारिक मतभिन्ता रहेका नेताहरू डा. बाबुराम भट्टराई, मोहन वैध किरण, रामबहादुर थापा ‘बादल’ नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू माओवादी परित्याग गरी अन्य पार्टीमा छन्। राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार