काठमाडौं । नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् ।
पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए ।
सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् ।
खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औं महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ ।
दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् ।
यस्तै, कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काका पत्नी शिला खड्का पनि भुगोलतर्फ लुम्बिनीबाट २६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शिलालाई सभापति देउवाले यसअघि खुमबहादुरको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् ।
कांग्रेसको पराजित हुने सूचीमा चर्चित नेताहरुसमेत रहेका छन् । विजयकुमार गच्छदार, महेश आचार्य, चन्द्र भण्डारी, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गिरिजापुत्री सुजाता कोइराला, पूर्वमन्त्री हृदयराम थानीलगायतले पराजय व्यहोरेका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend