Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस चितवनका सभापति केन्द्रीय सदस्यमा पराजित, पूर्वसभापति र राज्यमन्त्री विजयी


    बिहिबार, पुष ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आदिवासी जनजाति समूहको खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ पराजित भएका हुन् ।

    आदिवासी जनजाति समूहको खुलाबाट आठ जना निर्वाचित हुनेमा उनी नवौं स्थानमा परेका थिए । थोरै मत अपुग हुँदा निर्वाचित हुन नसकेको स्वीकार गर्दै उनले निर्वाचनलाई सिकाइको रूपमा लिने बताए । उनले पहिलो पटक केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

    त्यसैगरी आदिवासी जनजाति समूहको खुलाबाट केन्द्रीय सदस्यमा कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ र राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फबाट चितवनकी अन्जनी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

    त्यसैगरी दलित महिलातर्फबाट शान्ति परियार पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन् । निर्वाचन समितिले उनीहरूको मतसहितको विवरण सार्वजनिक गरिसकेको छैन ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएरपछि केन्द्रीय सभापति शेरबहादुर देउवाको दबाबमा उम्मेदवारी फिर्ता लिएका दिनेश कोइराला यसअघि नै खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    उनले १७ सय ८१ मत ल्याएर इतिहासमा पहिलो पटक चितवनबाट खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यससँगै कांग्रेसको केन्द्रीय सदस्यमा चितवनबाट प्रतिनिधित्व गर्नेको संख्या पाँच पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार