Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खस आर्यतर्फ केन्द्रीय सदस्यमा ७ मध्ये ६ जना देउवा पक्षका विजयी


    बिहिबार, पुष ८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणना अन्तर्गत खस आर्यतर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

    पार्टी कार्यालय सानेपामा बिहीबार साँझ सम्पन्न मतगणनामा खसआर्य खुला केन्द्रीय सदस्यतर्फ ७ खुला पदमा सभापति शेरबहादुर देउवा पक्षले ६ पदमा जित हात पारेको छ ।

     मतगणनामा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, मधु आचार्य,  भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

    निर्वाचित केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार