Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित


    बिहिबार, पुष ८ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । 

    क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।  

    जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो । 

    बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।  

    विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् । 

     

    rr.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार