Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिनभरका मुख्य खबर: अर्थतन्त्र सुधारमा राष्ट्र बैंक जागेकोदेखि घरभित्रै महिला असुरक्षितसम्म


    बिहिबार, पुष ८ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । नेपाललगायत विश्व जगतमा नै आज विभिन्न घटनाक्रम घटेका छन् । राजनीतिक, आर्थिक, सामाजिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा विभिन्न घटनाक्रम घटेका हुन् ।

    – नेपालमा अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।

    बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।

    – यस्तै न्युज कारखानाले जुम्लाका महिलाहरू घरभित्र असुरक्षित हुनुपरेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला  हुन् । उनी २२ वर्षकी भइन् ।   तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका  लोकेन्द्र कामीसँग भागी  विवाह गरेकी थिइन् । उनको  तीन वर्षीया छोरी छ । सुनिताबाट एक छारी जन्मिएपछि  उनका श्रीमान  लोकेन्द्रले  चन्दननाथ– १० कि सुचना कामीसँग दोस्रो बिहे गरे । उनले दोस्रो बिहे गरेकी सुचनाबाट पनि एक छोरी जन्मिएकी छन् । 

    लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भइन् । उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्याएर राखेका छन् । अहिले सुनिताको  साथमा  तीन वर्षकी छोरी  छ  । उनको पेटमा ८ महिनाको गर्भ पनि छ । उनमाथि श्रीमानबाट मात्र होइन सासुबाट पनि सहयोग छैन ।

    – यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् ।

    १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए । 

    – यसका साथै हामी जातीय विभेदले थिचिएको कर्णालीको कथालाई पनि महत्वका साथ उठाएका छौं । जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ । 

    पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन् । यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन् । जाजरकोटका नवराज विक र हुम्लाका चन्द्रे कामी । जाजरकोटका नवराज विकको लखेटी लखेटी हत्या भयो । नवराजको घाउ सेलाउन नपाउँदै हुम्लाको सर्केगाड गाउँपालिका-१ का चन्द्रे कामी जातीय विभेदको सिकार भएका छन् ।

    चन्द्रेको मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग प्रेम बस्यो । दुवैले भागी बिहे गरे । तर, सुन्तलीका आफन्तले उनीहरूबीचको प्रेम सम्बन्ध तोडेका छन् । चन्द्रे र सुन्तली तीन वर्षदेखि प्रेमको डोरीमा बाँधिएका थिए ।

    – यसका साथै माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनलाई समान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ ।

    आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।

    – यसका साथै महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

    नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो । 

    महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए । 

    – आज विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पार्टी परित्याग गरेको विषय पनि चर्चामा रह्यो । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । 

    तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् । 

    – यस्तै पछिल्लो समय विश्वभर कोरोना महामारी पुन: तीव्रताका साथ फैलिरहेको छ । त्यसको डर लाग्दो अवस्था बेलायतमा देखिएको छ । बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन् ।  

    पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ । ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ । 

    – यसका साथै आज विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् । 

    चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो । 

    – यस्तै पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवादमा सहमति जुटाउने प्रयास थालिएको छ । 

    क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक) बाट बाहिर राख्ने र कप्तान, उपकप्तानलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । २९ मंसिरमा बसेको बोर्ड बैठकले सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो । 

    तर पछिल्लो समय राजनीतिक चासो र चौतर्फी दबाबपछि खेलाडी र क्यान दुबैले सहमति जुटाउने प्रयास गरेका हुन् । केही समूहले क्यानको चर्को विरोध गरेका छन् भने केही समूहले खेलाडीले क्यानको कारबाही स्वीकार गर्नुपर्ने धारणा राख्दै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार