अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।
विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका-१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करिब १ वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
तत्कालीन अवस्थामा १५ दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको भए पनि विभिन्न समस्याका कारण सार्वजनिक गर्न नसकिएको विद्यालयले जानकारी दिएको छ ।
‘उहाँहरूको मागको विषयमा हामी सकारात्मक थियौं र छौं,’ विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्यले भने, ‘कोभिडको समस्या, विद्यालय व्यवस्थापन समिति नहुनु जस्ता कारण असहजता भइरहेको छ ।’
यता क्रान्तिकारीले भने विगतको सहमति कार्यान्वयन, लिइएको शुल्क फिर्ता र हिसाबकिताब पारदर्शी गर्न माग गरिरहेको छ । पूर्व प्रधानाध्यापक जुमलाल खनालको कार्यकालमा अनियमितता भएको भन्दै क्रान्तिकारीले हिसाब सार्वजनिक गर्न माग गरिरहेको छ । आफ्ना मागको बेवास्ता गरिए जे पनि हुनसक्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend