Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता भ्रष्टाचारको छानबिन होला त आइजीपी साब ?


    बिहिबार, पुष ८ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काँकडभिट्टा । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री भ्रष्टाचार बिरोधी व्यक्तिको रूपमा चिनिन्छन् । उनले प्रहरीमा सुधार नै गर्न नसके पनि आफू अनियमितताबाट अछुतो रहेका छन् । तर उनले मातहतका कार्यालयमा असुली भने रोक्न नसकेको गुनासो छ ।

    यसैक्रममा झापा जिल्लावासीले समेत आइजीपी थापाको स्वभावदेखि व्यवहार र आचरण सबै उनी यहाँ एसपी भएर बस्दा थाहा पाइसकेका छन् । उनै थापा अहिले नेपाल प्रहरीको सर्वोेच्च पद महानिरीक्षक छन् तर झापामा प्रहरीमा लुटतन्त्र चलेको छ ।

    झापामा सीमावर्ती क्षेत्रबाट तस्करी मौलाएको छ । कार्यालय प्रमुखहरू घुमुवा र मुद्दामा काम गर्नेहरू मार्फत् खुलेआम रकम लिइरहेका छन् । झापा प्रहरीको भ्रष्टाचार र असुली न त प्रदेश प्रमुखले नै रोक्न सकेका छन् न त प्रहरी मुख्यालयले नै चासो दिएको छ । हुँदाहुँदा सवारी दुर्घटनामा भएको मृत्युुमा समेत प्रहरीले मोटो रकम खाएको तथ्य बाहिर आएको छ ।

    सवारी दुर्घटनामा भएको मृत्युको घुुुस प्रकरणमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी अधिकृतहरू जोडिएका छन् । घटना हो, २०७८ बैशाख महिनाको । मेची नगरपालिका ८ मा भएको सवारी दुर्घटनामा परी स्थानीय एक वृद्धको घटनास्थलमै मृत्यु भयो । मोटरसाइकल चालक स्थानीय किशोर गिरीका छोरा थिए । उनले चलाएको मोटरसाइकलले ती वृद्धको मृत्यु भएको थियो । सवारी चालक अनुमतिपत्र नभएका ती चालक फरार भएपछि घटनास्थल पुगेको प्रहरीले चालकका बाबु किशोर गिरीलाई पक्राउ गरी इप्रका काकडभिट्टा लगेको थियो । घटनास्थलमा डिएसपी स्वंय पुगेका थिए ।

    डिएसपी सुनिल दाहाल स्वयं पुगेको घटनामा समेत ठूलो आर्थिक लेनदेन मात्रै भएन कि चालकका बाबु किशोर गिरीलाई थुनेर रकमको बार्गेनिङ भएको कुरा समेत सार्वजनिक हुनपुग्यो । स्रोतका अनुसार जिन्दगीभर जेलमा बस्ने भइस् भन्दै किशोर गिरीलाई थर्काउने र केश मिलाउन १० लाखको बार्गेनिङ शुरू भयो । डिएसपी दाहालले घटनाको अनुसन्धान अधिकारी भनेर निरीक्षक होम अधिकारीलाई जिम्मेवारी दिएपछि घटना रहस्यमय हुँदै गयो भने रकमको बार्गेनिङ पनि चल्दै गयो । अन्तमा सरकारी वकिल समेतलाई मिलाउने नाममा स्थानीय एक होटलमा १० लाखबाट घटेर ६ लाखमा कुरा मिल्यो । प्रहरीले उक्त घुसको  रकम घटना भएको चार महिनापछि साउनमा बुझ्ने काम गर्यो । चालक परिवर्तन गरेर घटना मिलाएबापत प्रहरीले ६ लाख रूपैयाँ बुझेको उजुरी समेत मुख्यालयसम्म पुगेको छ ।

    प्रहरीसँग यो सबै मिलाउने काम स्थानीय क्यासिनो संचालक कुमार गिरीले गरिदिएको  समेत उजुरीमा उल्लेख छ । निरीक्षक अधिकारीको दरबन्दी बिराटनगर तालिम केन्द्र हो । तर उनी दरबन्दीमा दुई महिना पनि नबसी कमाउ अखडा र तस्करीको केन्द्र काँकडभिट्टा आएका छन् । एमालेका नेता सुवास नेम्वाङका पूर्व स्वकीय सचिव जेठान भएका कारण सधै कमाउ अखडामा बसिरहन सफल अधिकारी झापा ट्राफिकमा हँुदा धेरै बदनाम भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार