Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरायसी विवादमा चिर्पटले हानेर श्रीमानको हत्या


    बिहिबार, पुष ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । जिल्लाको धनगढीमाइ नगरपालिका-१४ मरानमा ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास बुढाथोकीका अनुसार आपसी विवाद हुँदा श्रीमतीले दाउराको चिरपटले टाउकोमा हिर्काउँदा   टेकबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्‍यु भएको हो ।

    इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनकी ३५ वर्षीया श्रीमती हर्कमायालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भबइरहेको प्रहरीले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार