काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ४ लाख ६४ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ । तर पनि कोरोना बिरुद्ध खोप वा औषधि पत्ता लाग्न सकेको छैन । विश्वका अनुसन्धानकर्ताहरु समेत कोरोना भाइरसबिरुद्धको कुनै भ्याक्सिन वा औषधि पत्ता लाउन असमर्थ देखिएका छन् ।
कोरोना महामारी फैलिएपछि अमेरिका, चीन, बेलायतदेखि विश्वका सबै देश औषधि र भ्याक्सिन बनाउन लागे पनि त्यो सार्थक हुन सकेको छैन । मलेरियाको औषधि कोरोना नियन्त्रणमा प्रभावकारी हुने अनुमान पनि गलत सावित भइसकेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खाएर रोग प्रतिरोधात्मक क्षमता बढ्ने टिप्स बताएपछि त्यसलाई त्यसलाई उपहासको बिषय बनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामदेव बाबाको योगा गरे कोरोनासँग लड्ने भन्दैआएका छन् ।
कोरोना बिरुद्धको खोप वा औषधि नबनेको अवस्थामा आ आफ्नै खालका कुरा आइरहेका छन् । यसै परिप्रेक्ष्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओं)ले कोभिड–१९ बाट संक्रमित प्रभावितलाई चाउनेगरी चाँडै खोप आउन सक्ने बताएको छ ।
बीबीसीका अनुसार डब्लुएचओले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को हजारौं डोज उपलब्ध हुने जनाएको छ । अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । तर, डब्ल्यूएचओका वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको बताएकी छिन् ।
स्वामीनाथनलेले खोप निर्माण गर्नु एक जटिल काम रहेको बताउँदै यस विषयमा धेरै आशंका र धेरै राम्रो कुराहरु पनि हुने गरेको बताइन् ।
उनले एक पटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास गर्ने तर हार नमान्ने उनको भनाइ छ । उनले सबै कुरा सही चल्दै गएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् ।
शुरुमा यो खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र सबैभन्दा गम्भीर बिरामीहरुलाई दिइने स्वामीनाथनको भनाइ छ ।