Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको त्रुटिपुर्ण निर्णयको प्रतिरक्षा गर्दा अपजस व्यहोर्नुपरेको छ: नायव महान्यायाधिवक्ता घिमिरे


    बिहिबार, पुष ८ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वकिलले अपजस व्यहोर्नुपरेको बताएका छन् । 

    महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि सरकारी वकिलले अपजस व्यहोनुपर्ने अवस्था रहेको बताएका हुन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले त्रुटिपूर्ण सरकारी निर्णय र कदमको प्रतिरक्षा गर्नुपर्ने र यसले सरकारी वकिलले अपजस व्यहोर्नुपरेको गुनासो गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले सरकारी फौजदारी मुद्दाको अभियोजन, प्रतिरक्षा गर्ने काम गर्छ । 

    ८ पुस २००८ कालीप्रसाद उपाध्याय पहिलो महान्यायाधिवक्ता नियुक्त भएको दिनलाई स्थापना दिवस मनाउने गरिएको छ । देशभर ९७ वटा सरकारी वकिल कार्यालय छन् । 

    ५ सयभन्दा बढी सरकारी वकिल छन् । महान्यायाधिवक्ता र सरकारी वकिलको कार्यालयमा कर्मचारी र सहायकसहित एक ५८७ जनशक्ति कार्यरत छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार