Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग


    बिहिबार, पुष ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ ।

    ६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए । खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लागेको थियो ।   

    दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सूचारु गरायन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

    दोषीलाई कारवाही नगरे स्थापित हुने नजिर तथा यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन नै हुने चेतावनी पनि दिइएको छ ।

    265874164_428216728956936_1237738768159256099_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार