Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको अदालतमा बम विस्फोट: २ जनाको मृत्यु, चार जना गम्भीर घाइते


    बिहिबार, पुष ८ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ ।

    बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो । 

    विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलयनजिक पर्छ । अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार