Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई महिनापछि सुटिङ सेटमा फर्किए शाहरुख, विदेशमा सुटिङ गर्न राखे यस्ताे सर्त


    बिहिबार, पुष ८ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बलिउड अभिनेता शाहरुख खान दुई महिनापछि सुटिङ सेटमा फर्किएका छन् । छोरा आर्यन खान लागूऔषध मुद्दामा मुछिएपछि उनी सुटिङको क्यामराबाट टाढिएका थिए । उनले बुधबार मुम्बईमा फिल्म ‘पठान’को छायांकन सुरु गरेका छन् ।

    सुटिङमा फर्किएको शाहरुखको तस्बिरमा उनले कालो रंगको टी-सर्ट र लामो कपालका साथ देख्न सकिन्छ । आर्यन लागूऔषध मुद्दापछि सुटिङ सेटमा सुरक्षालाई बढाइएको छ । उनी मुम्बईमा आगामी २० दिनसम्म सुटिङ गर्नेछन् ।

    शाहरुखले निर्देशकलाई विदेशमा सुटिङ गर्नका लागि सर्त राखेका छन् । उनले सुटिङको हरेक साता मुम्बई फर्कन पाउने गरी समय तालिका मिलाउन निर्देशकलाई भनेका छन् । उनको बुझाईमा यो समयावधिमा अन्य कलाकारले आफ्नो काम गर्न पाउनेछन् ।

    यो फिल्मको सुटिङ यसअघि स्पेनमा हुने तयारी थियो । तर अक्टोबरमा आर्यन लागूऔषध मामलामा मुछिएपछि फिल्मको सुटिङलाई सारिएको थियो । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार