Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियन सेन्ट्रल जोन महिला भलिबल: साविक विजेता नेपाल र श्रीलंका भिड्दै


    बिहिबार, पुष ८ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशमा आज बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला भलिबलमा साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ । 

    ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ । 

    महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ ।

    प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार