Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनको दबाबमा हङकङ विश्वविद्यालयबाट हटाइयो लासको प्रतिमा 


    बिहिबार, पुष ८ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ । आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका छन् ।

    सन् १९८९मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रबादी कार्यकर्ताको स्मरणमा लासको थुप्रोबाट प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए ।

    द पीलर अफ सेम नाम दिइएको सो प्रतिमामा हटाउन अक्टोबरमा  विश्वविद्यालयले निर्देशन दिएको थियो । प्रतिमा कमजोर भएकोले सम्भावित सुरक्षा जोखिमबाट बच्न त्यसलाई हटाइएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

    तर, चीनको दबाबमा हङकङ सरकारले सो प्रतिमा हटाएको जानाकारहरु बताउँछन् । प्रतिमा विश्वविद्यालयले गोदाममा राख्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार