Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्जियो रामोसले रातो कार्ड पाएको खेलमा इकार्डीले पीएसजीलाई बचाए


    बिहिबार, पुष ८ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् । 

    बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । 

    ८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । 

    खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए । 

    जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार