काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार बिहान बस्दैछ । शनिबार बिहान बोलाइएको सचिवालय बैठकमा बहुचर्चित एमसीसीका बिषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा लामो समयदेखि वहस र विवादमा रहँदै आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय नै मुख्य एजेन्डा रहेको छ । एमसीसीको बिषय नेकपामा पेचिलो बन्दै गएको छ । पार्टी सचिवालयमा एमसीसी नेपालको हितमा नभएकाले संसदबाट अनुमोदन गर्नु नहुने पक्षमा बहुमत छ । एमसीसी आगामी असार १५ मा संसदबाट अनुमोदन गर्नैपर्ने दबाब प्रधानमन्त्री केपी ओलीमाथि छ । तर एमसीसी पास गराएमा अमेरिकी सेना नेपालमा आइहाल्छ भन्ने तर्क नेकपाका बरिष्ठ नेता झलनाथ खनालदेखि भीम रावलसम्मले राख्दैआएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा देखिएका छन् । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।
नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलले परिमार्जन गरेर मात्र पास गर्नुपर्ने प्रतिवेदन दिएको छ । कार्यदलमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा फरक मत राखेका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend