Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी प्रदेश १ : अर्थमन्त्री शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङ अध्यक्षमा विजयी 


    बिहिबार, पुष ८ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।

    अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।

    तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।

    सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । 

    तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर  विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए । 

    ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उमेदवारी परेको थियो निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । 

    तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

    ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियाे । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने ।

    १ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए ।

    अधिवेशन २५ बाट सुरु भएकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार