Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम: पश्चिमी वायुकाे प्रभाव, यी क्षेत्रमा हिमपातकाे सम्भावना


    बिहिबार, पुष ८ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार