Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनको गर्ने अधिकार प्रदेश सरकारलाई


    शनिबार, असार ६ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो ।
    सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ ।
    बैठकले बन्दाबन्दीलाई खुकुलो बनाउँदै जनजीवनलाई सहज बनाइँदै लगिएको अवस्थामा सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नागरिकलाई आह्वान समेत गरेको छ । घरबाहिर निस्कनै परेको अवस्थामा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कडाइसाथ कायम गर्नसमेत एमसीसीले आग्रह गरेको छ । आजको गोरखापत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार