Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोन त्रास : उत्तरी आयरल्याण्डमा २७ डिसेम्बरबाट नाइटक्लब बन्द


    बुधबार, पुष ७ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  उत्तरी आयरल्याण्डमा रात्रि क्लब डिसेम्बर २७ बाट बन्द गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्नका लागि नयाँ प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । 

    त्यहाँको सरकारले उत्तरी आयरल्याण्डमा बढ्दो कोरोना नियन्त्रणमा सहयोग पुग्ने उपायको खोजीका लागि छलफल गरिरहेका छन् । 

    पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भइरहेको छ भने ओमिक्रोन संक्रमितको संख्या पनि बढिरहेको छ । 

    संक्रमितको संख्या बढिरहँदा कतिपय देशले संक्रमणलाई रोक्नका लागि विभिन्न उपायहरु अपनाउन थालका छन् । 

    बेलायतमा पछिल्लो केही दिन यता दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भन्दै सावधान बन्न र बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार