काठमाडौं – गण्डकी प्रदेशमा आज शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका संक्रमितहरु तनहुँका २५ जना, नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीका २ जना , स्याङ्जाका १ जना, बागलुङका ८ जनासहित ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता विनोद विन्दु शर्माले बिज्ञप्ति मार्फत जानकारी गराउनु भएकोछ । आज थएिका ५८ जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।
संक्रमितहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।
