Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको डिफेन्स : अवस्था विग्रिसकेको छैन, हामी सचेत छौं


    बुधबार, पुष ७ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवस्था विग्रिनसकेको भन्दै प्रतिरक्षा गरेका छन् । 

    गभर्नर नियुक्ति भएको २१ महिनापछि पहिलोपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै गभर्नर अधिकारीले उच्च आयातका कारण व्यापारघाटा बढेपनि देशको विदेशी मुद्रा संचिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको दाबी गरे ।

    पछिल्लो समयमा व्यापारघाटा, शोधानान्तर स्थिती, वैदेशिक मुद्रा संचिती, रेमिट्यान्स आप्रवाहलगायतका सूचकहरु नकारात्मक बन्दै गएपछि अर्थमन्त्री जनादर्न शर्मा र गभर्नर अधिकारीको आलोचना भइरहेको छ । 

    अर्थमन्त्री शर्माले पनि सोमबार अर्थतन्त्र सामान्य अवस्थामा रहेको दाबी गरेका थिए । 

    बुधबारको कार्यक्रममा गभर्नर अधिकारीले तरलता अभावको मूख्य कारण बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको असन्तुलन रहेको बताए । तरलता अभाव हटाउनका लागि राष्ट्र बैंकले विभिन्न कामहरु गरिरहेको बताउदै त्यसबाट समस्या समाधान हुने बताए ।  

    गभर्नर अधिकारीले विभिन्न विलासी बस्तुको आयातमा निरुत्साहित गर्ने नीति लिएको र यसले सकारात्मक प्रभाव पार्ने दावी गरे । 

    नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी विभिन्न १८ वटा बस्तुहरुको आयातमा बस्तु हेरेर शत प्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्था गरेको छ । 

    गभर्नर अधिकारीले रेमिट्यान्स वास्तवमा घटेको नभएर गत सालसँगको तुलनामा केही घटेपनि कोभिड अगाडीको तुलनामा नघटेको दावी गरे । यसैगरी वैदेशिक मुद्रा संचिती पनि कोभिड अगाडीकै अवस्थामा रहेको जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार