Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउन सुगरसहित दुई जना पक्राउ


    बुधबार, पुष ७ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।सप्तरीको कञ्चनरुपबाट ब्राउन  सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन् ।

    ब्राउन सुगरसहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

    कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    म्याद थप गरि दुवै जना माथि लागु औषध औसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । न्युज कारखाना 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार