Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस प्रदेश-२ अधिवेशनमा कुटाकुट, मतदान भोलिलाई सर्‍यो


    बुधबार, पुष ७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो । 

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार