Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुशान्तको नाममा दुई जनाले गरे आत्महत्या


    शनिबार, असार ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली : बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आलोचना भयो ।

    अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ । त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।

    सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन् ।
    उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आत्महत्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आत्महत्या गरेकी थिइन् ।

    यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ । ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भनेर लेख्दै आत्महत्या गरेको बुझिएको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार