Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ


    बुधबार, पुष ७ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

    गत शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

    उनका अनुुसार आरोपीमध्ये दुई जना गोलबजार र तीन जनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । 

    पक्राउ परेकाहरूलाई बुधबार नै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य थालेको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार