Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने


    बुधबार, पुष ७ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझा पार्टीले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट २७ पुसमा सुरु गरिनेछ र सहिद दिवसको दिन १६ माघमा झापामा आएर अन्त्य हुनेछ।

    पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरणपछि प्रकाशित गरिने साझाले जनाएकाे छ।

    नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आमसर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने साझा विवेकशील पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार