Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंसँग जोडियो रोल्पाको थवाङ


    बुधबार, पुष ७ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । रोल्पाको थवाङ सिधैं काठमाडौंसँग जोडिएको छ। थवाङबाट काठमाडौंका लागि पहिलो पटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो। 

    बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ। थवाङबाट रूकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखराहुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ।

    हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ। यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए।

    थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार