Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट


    बुधबार, पुष ७ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

    कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट छन् । अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११-११ जना, सुर्खेत र जाजारकोटबाट १०-१० जना छनाेट भएका छन् । 
    मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात-सात जना जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार