Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानले ३० वर्षमाथिका सबैलाई कोभिडविरुद्ध बुस्टर डोज दिने


    बुधबार, पुष ७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानमा कोभिडको दोस्रो डोज खाेप लगाएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भएको छ ।

    विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो । 

    आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानाकारी दिएका छन् ।

    यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो । 

    ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्बसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ ।

    अहिलेसम्म ९५ भन्दाबढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार