Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछामका १० वटै पालिकामा कोभिडविरुद्धको मोर्डना खोप अभियान सञ्चालन


    बुधबार, पुष ७ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पुस। अछाममा कोभिड-१९ विरुद्धको माेर्डना खोप अभियान सुरु भएको छ ।

    जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो ।

    जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने ढुंगानाले बताए । सोही अन्तर्गत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ । उनका अनुसार आज बुधबार जिल्लाका अन्य ८ वटा पालिकामा एक साथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ ।

    ११ पुसभित्र अछाम जिल्लाका ३९ हजार बालवालिकालाई खोप लगाउने लक्ष्य रहेको अधिृकत ढुंगानाले बताए ।

    खोप लगाइसके पछि कुनै अवान्छित घट्ना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने प्रमुख ढुंगानाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार