Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारद्धारा सुन पचाउने इन्स्पेक्टरसहित तीन प्रहरीबिरुद्ध मुद्दा दायर


    शुक्रबार, असार ५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ३ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
    २०७६ मंसिर २२ मा अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी निरीक्षकसहितका हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकाले ६ लाख ७७ हजार ५ सय ९९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

    सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक नेपालले मिति २०७६ मंसिर २२ गते केरुङ नाकाबाट आफैंले गई गाडी नियन्त्रणमा लिई कार्यालयमा ल्याई चेकजाँच गरी फेला पारेको सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीलाई आदेश दिई बिक्री गराएको उजुरीमा अख्तियारले अनसन्धान गरेको थियो ।

    सुन बाँडफाँड गरी आफूले निर्वाह गर्नुपर्ने कार्यालय प्रमुखको पदीय जिम्मेवारीसमेतको दुरुपयोग गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा नेपालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकाले उनलाई उक्त १११ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो ६ लाख ७७ हजार ५ सय ९९ रुपैयाँ कायम गरी उक्त दफा ७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनकै दफा ७ बमोजिम बिगो दोब्बर जरिवाना गरी ऐ. ऐनकै दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी जफत गरी पाउन मागदाबी लिइएको छ ।

    त्यस्तै सीमा प्रहरी चौकी टिमुरेका प्रहरी हवल्दार रामकाजी लामाले २०७६ मंसिर २२ मै छोवाङ्ग तामाङको सूचनाको आधारमा केरुङ नाकाबाट टिमुरेतर्फ आउँदै गरेको टाटासुमो गाडी नियन्त्रणमा लिई उक्त गाडीमा सवार पुरुष व्यक्तिबाट १११ ग्राम सुन लिई सो सुन भुपाल घलेसमेतको सहयोगमा काठमाडौंमा आई बिक्री गरी बाँडफाँड गरी गैरकानूनी लाभ राजश्व चुहावट गर्ने गराउने कार्य गरी भ्रष्टाचार गरेको तथ्य पुष्टि हुन आएको हुँदा उनलाई बिगो बमोजिमकै जरिवाना गरिएको छ । अर्का हवल्दार पुरुषोत्तम खत्रीलाई पनि त्यति नै बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार