काठमाडौँ । आर्थिक वर्ष २०७६-७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको खण्डमा सरकारले कोरोना कोषमा जम्मा गर्नेगरी नियमावली संशोधन गरेको छ ।
सरकारका प्रवक्ता डा.युवराज खतिवडाका अनुसार असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको हो ।
‘यसरी जम्मा भएको पैसा प्रचलित कानुनबमोजिम कोरोनाको उपचार, नियन्त्रण र रोकथाममा मात्र खर्च गर्न पाइने छ,’ खतिवडाले भने ‘यसले कोभिड १९ नियन्त्रणका लागि आवश्यक स्रोतको अभाव हुन दिने छैन ।’
चालु आर्थिक वर्षमा निर्वाचित एक सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी विनियोजन गरिएको थियो । चैत ११ गतेदेखि भएको लकडाउनका कारण सांसदहरुको यो रकम पूर्ण रुपमा खर्च हुनसकेको छैन ।
कोरोना महामारीका कारण आगामी बर्ष सांसद विकास कोषको रकम नछुट्याउन चौतर्फी दबाब परे पनि सरकारले एक क्षेत्रबराबर ४ करोड रुपैयाँ विनियोजन गर्नेगरी बजेट ल्याइसकेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend