काठमाडौं । यस्तो छ आज मिति २०७८ साल पुस ७ गते बुधवारको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारबाट लाभ मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : चलाखीपूर्ण बोलीले काम सपन्न हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा शृंगारमा धन खर्च हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घुम्न पनि पाइनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम सम्बन्ध प्रगाढ र सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल