Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य टिप्स: जाडोमा अपनाउनुपर्ने १० सावधानी


    मंगलबार, पुष ६ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स :

    १) पानी प्रशस्त पिउनेः

    शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

    २) वार्म अप गर्नेः

    शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

    ३) हिँडाइको गति कम गर्नेः

    चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

    ४) चिसो हावा र पानी परेको बेलामाः

    यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन ।

    ५) मदिरा र चुरोटको सेवनः

    जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

    ६) धेरै चिल्लो खानाः

    जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

    ७) सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः

    जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

    ८) चिसोमा हिड्दा छाती दुख्नुः

    मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

    ९) औषधिको नियमित प्रयोगः

    मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

    १०) व्यामको बेलामा चिसो बाट सुरक्षाः

    यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नुपर्छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार