Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ मा ९४२ मानव अधिकार उल्लंघनका घटना


    मंगलबार, पुष ६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ मा ९४२ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेक जनाएको छ । १४ जिल्लाका प्रतिनिधिहरूले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको बताएका छन् ।

    इन्सेकका प्रतिनिधिहरूका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुङ्गामा ५१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरिएको बताएका छन् । 

    इन्सेकका अनुसार  एक वर्षको अवधिमा १७२ वटा घटना अभिलेख गर्दा ८० वटा बलात्कारका घटना भएको भएका छन् । जिल्ला प्रतिनिधिहरूले बलात्कार, परिवारजनबाट हत्या, बाल विवाह, घरेलुहिंसाका घटनाहरूमा वृद्धि भएको बताएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ प्रमुख सोमराज थापाले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूमा वृद्धि हुनु राम्रो नभएको बताए । उनले अझै पनि मानव अधिकारको अवस्थामा सुधार हुन नसक्नु दुखद भएको बताए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार