Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • विवादित उपसचिव भवनाथ खतिवडाको स्वास्थ्यमा कमब्याक 


    मंगलबार, पुष ६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं ।  विवादित उपसचिव भवनाथ खतिवडा पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फर्किएका छन् । २०७४ मा दीपक बोहरा स्वास्थ्य मन्त्री हुँदा उनको निजी सचिव भएका खतिवडाले उक्त मन्त्रालयमा घुस आतंक नै मच्चाएका थिए ।

    मन्त्रालय अन्तर्गतका सरुवादेखि विदेश मनोनयनमा समेत उनले मन्त्री बोहराको निर्देशनमा घुसको डिल गर्ने गर्दथे । दीपक बोहराका पीए बसेका खतिवडा त्यसपछि मन्त्री बनेका उपेन्द्र यादवका पनि प्रियापात्र भए । यादवले उनको घुस असुलीको शैलीका कारण उनलाई पीए नै राखे । यादव मन्त्रीबाट बाहिरिएपछि पदमा अर्याल स्वास्थ्य राज्यमन्त्री भइन् । अर्याललाई पनि प्रभावमा पार्न खोजेका उनले स्वास्थ्यका अर्का रैथाने उपसचिव लीला पौडेलका कारण सकेनन् । र, स्वास्थ्यबाट सरुवा भए ।

    स्वास्थ्यबाट सरुवा भएपछि २०७७ भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरेको थियो । तर उनले उक्त सरुवालाई अटेर गर्दै अख्तियारबाट सरुवा सहमति ल्याए । अख्तियारका तत्कालीन सचिव सुरेश अधिकारीलाई गुमराहमा पारी उनले पत्र ल्याए पनि सामान्यले उनले खटाएको ठाउँमा नजानका लागि सहमति मागेको बिषय जानकारी गराएपछि आयोगले रद्द गरिदिएको थियो ।

    अख्तियारले उनको रकमी तरिका थाहा पाएपछि सहमति रद्द गरे पनि उनी खटाएको कार्यालय खाँदबारी नगरपालिकामा गएका थिएनन् । तिनै अटेरी उपसचिव खतिवडाले पुुनः स्वास्थ्य मन्त्रालयमा सरुवा मिलाएका छन् । यो पुसदेखि नै उनी स्वास्थ्यमा सरुवा भएका छन् । उनी स्वास्थ्यमा पुनः सेटिङका लागि गएपछि मन्त्रालयका अधिकारीहरु दीपक बोहराका पीएले मन्त्री बिरोध खतिवडालाई विवादमा पार्ने चिन्तामा छन् । पटक पटक जनअनुमोदित मन्त्री खतिवडाले स्वास्थ्यमा सुधार गर्ने संकेत देखाएकै बेला खतिवडा जस्ता विवादित उपसचिवलाई मन्त्रालयमा भित्र्याइएपछि उनको छविमा दाग लाग्ने चिन्ता शुभचिन्तकहरुमा छाउन थालेको छ । खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आन्तरिक शाखामा रिक्त रहेको उपसचिवको दरबन्दीमा आफू जान लागेको भन्दै सेटिङको कार्य सुरु गरिसकेका छन् ।

       को हुन् खतिवडा ?

    उपसचिव भवनाथ खतिवडा पूर्वसचिव धरणीधर खतिवडाका आफन्त भएकाले सधैं मालदार ठाउँमा मात्रै कार्यरत रहे । मन्त्रीको निजी सचिव, ओमनको श्रम सहचारी भएका उनी जागिर खाएदेखि काठमाडौंमै मात्र रजगज गर्ने उपसचिवमा पर्दछन् । २०७५ मंसिरमा समायोजन ऐन आउनै लागेको बेलामा खतिवडाले स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग मिलेर मोलमोलाईका आधारमा चौथो तहदेखि सातौं तहसम्मका २ हजार भन्दा बढी कर्मचारीको सरुवामा करोडौं रकम उठाएको आरोप उनीमाथि लागेको थियो । रिक्त ठाउँमा सरुवा गर्दा विवाद हुँदैनथ्यो । तर समायोजन ऐन छिट्टै आउन लागेको बेलामा विभागका महानिर्देशक डा. गुणराज लोहनी र खतिवडाले २ हजार भन्दा बढी कर्मचारीको सरुवा गरेका थिए ।

    दीपक बोहराको निजी सचिव हुँदा खतिवडाले मन्त्रालयमा कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिने गरेका थिए । कर्मचारी भएर कर्मचारीको बचाउ गर्नुपर्नेमा मन्त्री दीपक बोहराभन्दा एक कदम अघि बढेर दुःख दिने काम गरेको आरोप खतिवडामाथि लागेको थियो ।

    दीपक बोहराको नाममा खतिवडाले स्वास्थ्यका महाशाखाहरु, क्षेत्रीय निर्देशनालय, जनस्वास्थ्य कार्यालयहरुमा घुस मागेर हैरान पारेको समाचार नै सार्वजनिक भएको थियो ।

    खतिवडाले मागे अनुसार पैसा नदिए कर्मचारीलाई बोलाउने, थर्काउने र नदिए चिट्ठी काट्ने गरेका थिए । कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कार्यरत उपसचिव खतिवडाले पैसा नदिए एउटा एउटा बहाना बनाएर कारबाही किन नगर्ने भन्दै २४ घन्टा, १२ घन्टे र ३ घन्टे पूर्जी कर्मचारीलाई थमाउने गरेका थिए ।

    मन्त्रीको निजी सचिवालय र अनुगमन तथा मूल्यांकन महाशाखाको उपसचिव समेत दोहोरो जिम्मेवारी खतिवडाले बोहराको पालामा पाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार